
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनबारे छलफल गरेका छन् ।
शनिबार बिहान पार्टी उपसभापति बिमलेन्द्र निधिको निवासमा छलफल गर्दै उनीहरूले जनताको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए ।
उनीहरूले करिब दुई घण्टा लामो छलफल गरेका छन् ।
शुक्रबारको घटनाको भत्र्सना गर्दै उनीहरूले घटनाको छानबिन गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार नै राजावादीको घटनाप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए ।
त्यस्तै, उनीहरूबीच पछिल्लो समसामयिक राजनीति र पार्टीका गतिविधिबारे छलफल गरेका हुन् ।
प्रतिक्रिया 4