 
																			१८ चैत, हुम्ला । कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-४ मा ट्रककाे ठक्करबाट एक वृद्धाको मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्ली गाउँकी करिब ७२ वर्षकी पानकला थापाकाे मृत्यु भएकाे इलका प्रहरी चाैकी सर्केगाडले जनाएको छ ।
सोमबार दिउँसो सरदमुकाम सिमकाेट आउँदै गरेकाे भे१ ख ३७६४ नम्बर ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
थापाकाे मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4