 
																			२२ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।
उनका अनुसार सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको बताए ।
‘कुल समातियो, मुल समातिएन ?’, थापाले घटनाबारे ब्रिफिङ गर्दैगर्दा समिति सभापति रामहरि खतिवडाले प्रश्न गर्छन् ।
‘मुल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं,’ थापाले भने, ‘जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन ।’
उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् । तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको ब्रिफिङ गरे ।
‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ,’ आईजी थापाले भने ।
उनले प्रसाईंलाई कति दिनमा समात्न सकिन्छ भन्ने यकिन नभएको पनि बताए ।
‘कति दिनमा समात्न सकिन्छ भन्ने विषयमा जुन पक्राउ हुन्छ हामी समात्छौं । ल्याएपछि कानुनी दायरामा लैजान्छौं,’ थापाले भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4