+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:५२

२२ चैत, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र दराजबीच सम्झौता भएको छ ।

नयाँ वर्ष २०८२ मध्यनजर गरी गरिमा विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २२ देखि ३१ चैतसम्म लागु हुनेछ । बैंकका कार्ड होल्डर ग्राहकले यस योजना सुरु भएपछि दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने गरिमा विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?