+
+
Shares

११९ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:३०

२७ चैत, धनगढी । कैलालीको वनबेहडामा रहेको सशस्त्र प्रहरीको नेपाल बडिमालिका जवान तालिम शिक्षालयबाट एक सय १९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् ।

शिक्षालयमा सञ्चालन भएको सि.सं.२३७ (झ) सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान मध्ये बुधबार आयोजित विशेष समारोहबीच एक सय १९ जना दिक्षित भएका हुन् ।

सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विष्टले सि.सं.२३७ (झ) अन्तर्गत आधारभूत तालिममा एक सय २६ जना प्रशिक्षार्थी सहभागी भएको बताए ।

उनीहरू मध्ये बुधबार एक सय १९ जनालाई मात्र दिक्षान्त समारोहमा दीक्षित गरिएको बताउँदै एसपी विष्टले दुई जना प्रशिक्षार्थी बीचमै तालिम छाडेर भागेको र पाँच जना स्वास्थ्य समस्याका कारण तालिममा सहभागी हुन नपाएको जानकारी दिए । तालिममा सहभागी नभएकालाई अब अर्को चरणमा सहभागी गराइने उनले बताए ।

प्रशिक्षार्थी प्रहरी जवानहरुले ४२ हप्ताको तालिम पूरा गरेपछि बुधबार अन्तिम दीक्षान्त कवाज विशेष समारोह आयोजना गरिएको थियो ।

समारोहमा तालिम अवधिमा उत्कृष्ट बनेका प्रशिक्षार्थीलाई सम्मान समेत गरिएको छ ।

दीक्षित भएका प्रशिक्षार्थी जवानलाई सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लक्ष्मणबहादुर सिंह, बडिमालिका जवान तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विष्टले सशस्त्र प्रहरी जवानको दर्ज्यानी चिह्न लगाइ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?