+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिटी सेन्टरमा राजेश हमालले गरे ‘१८ डी सिनेमा’को उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १९:२७

काठमाडौं । नयाँवर्ष २०८२ को अवसरमा कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी सिनेमा’ सञ्चालनमा आएको छ । अभिनेता राजेश हमालले सोमबार उक्त सिनेमा उद्घाटन गरे ।

हमाल स्वयमले पनि फिल्मको अनुभव लिए । पत्रकारसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन ।’

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनी, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन् ।

सञ्चालक गुरुङका अनुसार दर्शकले डायनोसरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरीक्षको युद्ध र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्म ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन् ।

काठमाडौंमा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वासका साथ सुरु गरिएको यो सिनेमा सबै उमेर समूहका दर्शकका लागि रोमाञ्चक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यो सिनेमा हेर्न दर्शकले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?