+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद बैठक आह्वन भएकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १६:२९

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । १८ वैशाखदेखि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ भने नयाँ मिति तोकिएको छैन ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद बैठक आह्वन भएकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

पौडेलले भने, ‘संसद बैठक आव्हान भएको छ । केन्द्रीय सदस्यहरु सांसद पनि हुनुहुन्छ । पार्टी बैठक र सदन एकैपटक परेको हुँदा स्थगित गर्नुपरेको हो।’

कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । विधान अनुसार २÷२ महिनामा केन्द्रीय समितिको बैठक बस्ने गरेको भने छैन।

हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?