+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन र १५औं महाधिवेशन तयारी एजेन्डा तय गरिएको छ।
  • सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनुभएको छ।
  • पार्टीले बेहोरेको पराजयपछि दिएको थापाको राजीनामा अस्वीकृत भएपछि उहाँले फेरि कार्यसमिति बैठक बोलाउनुभएको हो।

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ ।

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको हो ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।

यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।

निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?