
१० वैशाख, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्दै पटक–पटक विवादमा आउने शर्मिला वाइवालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हटौंडा उपमहानगरपालिका–३ घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का बाबु भनिने ४२ वर्षीय कुवेर सिलवाल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले क्रमशः ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीहरूले ३ वैशाखको दिउँसो साढे ५ बजेतिर गोठाटार पहँलो पुल नजिक शर्मिला वाइवालाई आक्रमण गरेको आरोप छ । ज्यान मार्ने उद्देश्यले रड प्रहार गरी घाइते पारेको आरोप उनीहरूमाथि छ । पक्राउ परेका दुवैलाई कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
प्रतिक्रिया 4