११ वैशाख, काठमाडौं । अर्दा गुलेरले पहिलो हाफमा गरेको गोल मद्तमा रियलले मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ ।
गएराती गेटाफेको मैदानमा भएको खेलमा गुलेरले २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले बक्स बाहिरबाट गोल गरेका थिए ।
यस जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ ।
रियलले ३३ खेलबाट ७२ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७६ अंक छ । ला लिगामा अब ५ खेल बाँकी रहँदा बार्सिलोना र रियल नै उपाधिको दाबेदारको रुपमा छन् ।
 
                    










 २०८२ वैशाख  ११ गते ८:२९
                        २०८२ वैशाख  ११ गते ८:२९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4