+
+
Shares

‘कार्टुन्ज क्रू’का सरोज र आश्मा हङकङको स्टेजमा एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:०४

काठमाडौं । गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले हङकङमा प्रस्तुति दिएका छन् । त्यहाँको वान चाइस्थित क्वीन एलिजावेथ स्टेडियम हलमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ सम्पन्न भएको छ ।

आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति, मिस नेपाल हङकङ र एभरेष्ट ग्रुपको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायले भरपुर रमाइलो गरे ।

लोकप्रिय नृत्य समुह ‘कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडीले दमदार प्रस्तुति दिँदै माहोलमा ऊर्जा थपे । मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक प्रस्तुति र कमेडियन भरतमणि पौडेलको विशेष प्रस्तुतिले विविधता प्रदान गर्‍यो ।

महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ को उपाधि प्रदान गरियो । निर्देशक मनिष कार्कीले कार्यक्रमले प्रवासी नेपालीबीचको एकता, सांस्कृतिक पहिचान र नेपाली भाषा, गीतसंगीतप्रतिको सम्मानलाई बलियो बनाएको बताए ।

सन् २०२६ अप्रिल १८ मा अझ कार्यक्रम गर्न लागिएको उनले बताए । कार्यक्रमको होस्ट पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?