+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतीय विदेशमन्त्रीसँग राजदूत शर्माको भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १८:५८

१२ वैशाख, काठमाडौं ।  भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् ।

सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका छन् ।

आफूले विदेशमन्त्रीसँगको भेटमा पललगाम घटनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट समवेदना प्रकट गरेको राजदूत शर्माले बताए । ‘सो घटनाको विरुद्धमा भारत सरकार र भारतीय जनतासँग नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता रहेको जानकारी मैले गराएँ,’ राजदूत शर्माले भने, ‘नेपालका प्रधानमन्त्री, विदेशमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले प्रकट गर्नुभएको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएँ ।’

साथै, विदेशमन्त्री जयशंकरसँग अन्य दुईपक्षीय विषयमा पनि छलफल भएको उनले बताए ।

‘यसबीचमा दुई देशका विदेशमन्त्रीबीचमा पटकपटक भेटघाट भइरहेको छ । तिनै भेटमा भएका विषयहरुमा छलफल भयो,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?