+
+
Shares

रत्न राज्‍यलक्ष्मी क्याम्पसको स्ववियु अध्यक्षमा लोकेश कुमार खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते २१:०२

१७ वैशाख, काठमाडौं । रत्न राज्‍य लक्ष्मी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका लोकेश कुमार खड्का निर्वाचित भएका छन् ।

क्याम्पसमा सर्वपक्षीय बैठक बसेर विद्यार्थी संगठनहरूले सम्मानित सम्मानित उच्च अदालत पाटको आदेशमा लोकेश कुमार खड्कालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेका हुन् ।

यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका शैलेन्द्र उपाध्याय निर्वाचित भएका हुन् ।

यस्तै स्ववियु सहसचिवमा सुरेश रोकाया (आर.आर.युथ फोर्स) र कोषाध्यक्षमा अम्बिका अधिकारी (अनेरास्ववियु) सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी स्ववियु सदस्यहरूमा खम्ब ध्वज बस्‍नेत (अनेरास्ववियु), उमेश लामा(अनेरास्ववियु), जेमिना पुन मगर (अनेरास्ववियु), विष्णु जैसी (अनेरास्ववियु), अर्पण घिमिरे (स्वतन्त्र), शेखर रोकाया (नेविसंघ), हिमेन्द्रनाथ शर्मा (नेविसंघ) सर्वसम्मत निर्वाचित भएका हुन् ।

शारदा पौडेल (नेविसंघ), रविन राज खत्री (नेविसंघ), धनकुमारी नेपाली (अखिल क्रान्तिकारी), हेमन्त रावल (अखिल क्रान्तिकारी), सुशान रिजाल (अखिल क्रान्तिकारी),
पुष्पा घर्तीमगर (वैज्ञानिक समाजवादी), प्रविण गिरी (अनेरास्ववियु), जगदीश गिरी (अखिल समाजवादी) र भूमिका चाम्लिङ राई (समाजवादी विद्यार्थी युनियन) स्ववियु सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

हेर्नुहोस् निर्वाचन समितिले निकालेको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?