+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एभरेष्ट नक्कली हो, सगरमाथाको अर्काे नाम छैन : ओली

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १४:१९

१८ वैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथाको अर्काे नाम नरहेको बताएका छन् ।

सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्काे नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी गरे ।

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए,,’ उनले भने, एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?