+
+
Shares

शिक्षक-कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १५:१६

१८ वैशाख, काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्‍यो । यसमा हाम्रो विमत्ति छ ।’

सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए ।

लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?