+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य महासंघबीच सहकार्यमा जोड

महासंघ उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १८:०९

१८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आईएफसीको दक्षिण एसिया क्षेत्रका प्रबन्धक ग्रेगोरी स्मिथ तथा महासंघ उपाध्यक्ष हेमराज ढकालबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको थियो ।

भेटमा स्मिथले नेपालको आर्थिक विकासमा महासंघसँग सहकार्य गर्न आईएफसी तयार रहेको बताए । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले आईएफसीले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकार्य गर्न सकिने बताए ।

महासंघ उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आईएफसीको सहयोगप्रति आभार व्यक्त गरे ।

‘सन् २०२२ मा महासंघ र आईएफसीले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’ सम्बन्धी प्रतिवेदनलाई विशेष महत्त्वका रूपमा लिएका छौं । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावना उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ,’ ढकालले भने ।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरम सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउँदै आईएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जानकारी दिए ।

उनले ज्ञान आदान–प्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्र प्रवर्द्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?