 
																			१९ वैशाख, काठमाडौं । मकवानपुरमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बस्ने राक्सिराङ गाउँपालिका-९ घर भएका ७० वर्षीय गंगाबहादुर स्याङ्तान रहेका छन् ।
स्याङ्तानलाई शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले सिमपानीस्थित सडकमा ठक्कर दिएको हो ।
सडकमा हिँडिरहेको समयमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4