
काठमाडौं । एस्क्वायर’ले विश्वका शीर्ष १० धनी अभिनेताको सूची जारी गरेको छ, जसमा बलिउड अभिनेता शाहरुख खानले हलिउड स्टारसँगै स्थान बनाएका छन् । शाहरुखले ब्राड पिट र टम ह्यांक्सजस्ता स्टारलाई समेत पछि पारेका छन् ।
हलिउड र बलिउड सुपरस्टारको लामो सूची छ जो आफ्ना अद्भूत फिल्मको लागि मात्र होइन, अपार सम्पत्तिका लागि पनि परिचित छन् । यी मध्ये धेरै स्टारले आफ्नो करियरलाई व्यवसायिक साम्राज्यमा परिणत गरेका छन् । अभिनयबाट मात्र नभई फिल्म र टेलिभिजन निर्माण, ब्रान्ड इन्डोर्समेन्ट र व्यवसायबाट पनि अर्बौं कमाउँछन् ।
‘एस्क्वायर’ले हालै विश्वका शीर्ष १० धनी अभिनेताको सूची जारी गरेको छ, जसमा हलिउडका धेरै ठूला नाम समावेश छन् ।
अर्नोल्ड स्वार्जनेगर १.४९ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् । अर्नोल्ड अमेरिकी मनोरञ्जन उद्योगका सबैभन्दा सफल अभिनेतामध्ये एक हुन् । उनको करियर हलिउडभन्दा धेरै टाढा फैलिएको छ । अस्ट्रियामा जन्मेका उनले बडीबिल्डर, अभिनेता, राजनीतिज्ञ र व्यापारीको रूपमा उत्कृष्ट काम गरेका छन् ।
यस वर्षको सुरुमा, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा स्वार्जनेगर आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएका छन्, मुख्यतया घरजग्गामा उनको लगानीको कारण, जुन उनले आफ्नो करियरको सुरुवातमा सुरु गरेका थिए । विगत केही वर्षहरूमा, उनले विशाल रियल इस्टेट पोर्टफोलियो निर्माण गरेका छन् र विश्वको सबैभन्दा ठूला लगानी फर्महरू मध्ये एकमा पाँच प्रतिशत हिस्सेदारी राखेका छन् ।
दोस्रो स्थानमा हलिउड अभिनेता ड्वेन ’द रक’ जोनसन छन् । उनको अनुमानित कुल सम्पत्ति १.१९ अर्ब डलर रहेको बताइएको छ । ड्वेन हलिउडको सबैभन्दा धनी स्टारहरू मध्ये एक बनेका छन् । तेस्रो स्थानमा टम क्रुज छन्, जसको सम्पत्ति ८९ करोड १० लाख डलर छ ।
उनको धेरैजसो सम्पत्ति उनको अभिनय करियरसँग प्रत्यक्ष रूपमा जोडिएको छ, विशेष गरी ‘मिसन : इम्पोसिबल’ र ’टप गन’ जस्ता ब्लकबस्टर फ्रान्चइाजीहरू जसले विश्वव्यापी रूपमा अर्बौं कमाएका थिए ।
विश्वका शीर्ष १० धनी अभिनेताहरूको सूचीमा शाहरुख चौथो स्थानमा छन्, जसको कुल कुल सम्पत्ति ४८७६.५ मिलियन अर्थात् (७४०० करोड भारुभन्दा बढी) रहेको बताइएको छ । उनी ३० वर्षभन्दा बढी समयदेखि भारतमा सबैभन्दा धेरै कमाउने अभिनेताहरू मध्ये एक हुन् र उनका सन् २०२३ का ब्लकबस्टर फिल्महरू, ’जवान’ र ’पठान’ दुवैले बक्स अफिसमा २००० करोड भारुभन्दा बढी कमाई गर्दै रेकर्ड तोडेका छन् ।
पाँचौ स्थानमा हलिउड अभिनेता जर्ज क्लुनी छन् । रोबर्ट डी निरो छैटौं स्थानमा छन् । ब्राड पिट सातौं स्थानमा छन् । ज्याक निकोलसन आठौं स्थानमा, नवौंमा टम ह्यांक्स, दशौंमा ज्याकी च्यान छन् ।
प्रतिक्रिया 4