+
+
Shares

पूर्वाधार आयोजना पुनः प्राथमिकीकरण गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १५:२९

१९ वैशाख, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सो क्रममा उनले आगामी आवमा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन् ।

विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए ।

विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसद्‍को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे ।

निर्माणाधिन र निर्माण गर्नुपर्ने सबै आयोजनालाई स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगन गर्ने र खारेज गर्ने घोषणा उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?