
१९ वैशाख, काठमाडौं । सरकारले बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४.९ प्रतिशत पुगेको छ । त्यस्तै बैंकहरुले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैंकहरुले नै सकारेको सम्पत्ति बढेको छ ।
खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ । नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4