
१९ वैशाख, काठमाडौं । नेपाल सन् २०२६ मा विकासशील मुलुकका रूपमा स्तरोन्नति हुँदै गर्दा यसको संक्रमण सहज बनाउने रणनीति लागु गर्ने घोषणा सरकारले गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले १६औं योजनाका नवीनतम घोषणा कार्यान्वयन गर्ने योजना समेत सुनाए । साथमा सरकारले सन् २०३० भित्र दिगो विकास लक्ष्य पूरा गर्ने गरी काम गर्ने समेत उनले बताए ।
यसबीच व्यापार सम्झौता विस्तार, वस्तु विनिमय सम्बन्धी कानुन, नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पूँजी आकर्षित गर्ने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4