
१९ वैशाख, काठमाडौं । सरकारले शिक्षामा देखिएका चुनौती सामना गर्न कानुनी प्रबन्ध गर्ने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले विश्वविद्यालयलाई अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने सरकारको योजना रहेको पनि बताए ।
‘विद्यालय शिक्षामा देखिएका चुनौती सामना गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ,’ उनले भने, ‘विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान तथा विकास तर्फ केन्द्रित गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4