+
+
Shares

नेपाललाई ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:१३

१९ वैशाख, काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताए । दिगो आय तथा रोजगारीमूलक, वातावरणमैत्री पर्यटन नीति कार्यान्वयन गरिने समेत राष्ट्रपतिको घोषणा छ ।

स्थानीयसम्म प्रत्यक्ष लाभ पुर्‍याइने र मौलिकता बचाइराख्ने विषय समेत नीति तथा कार्यक्रममा समेटिएको छ । सांस्कृतिक सम्पदाको संरक्षण गरिने भएको छ । हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रवर्द्धन गरिने भएको छ ।

अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?