
१९ वैशाख, काठमाडौं । सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ ।’
साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने उनले बताए । आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4