+
+
Shares

अस्कर मनोनित नेपाली फिल्म ‘क्याराभान’को कलाकार टोली ‘भ्वाइस’को स्टेजमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते २१:२८

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को छैंठौ सिजनको फिनाले धेरै कुराले ‘सरप्राइज’ रह्यो । शुक्रबार बेलुका धुम्बाराहीस्थित सेटमा भएको फिनाले धेरै कुराले खास रहनेछ ।

यो फिनालेमा पहिलोपटक अस्कर अवार्ड मनोनित नेपाली फिल्म ‘क्याराभान’का कलाकार पनि सहभागी भएका थिए । लाक्पा सामचे, छ्याम्पा, छिरिङ र तेनाम्ला दर्शकदीर्घामा सहभागी थिए ।

त्यहाँ पुगेका उनीहरूलाई कोच राजु लामाले स्वागत गरे । राजुले उनीहरूको सम्मानमा एक तिब्बती गीत गाए । ‘यो पहिलोपटक मैले सिकेको तिब्बती गीत हो । नेपाली संगीत मनपराउनको लागि र हाम्रा गेस्टको लागि यो गीत समर्पित छ’ उनले भने ।

सम्भवतः पहिलोपटक नेपालको पहिलो अस्कर मनोनित फिल्म ‘क्याराभान’का कलाकार यसरी नेपालको सार्वजनिक कार्यक्रममा प्रस्तुत भएका हुन् । सन् २००० को ७२ औं अस्कर अवार्डमा हिमालय अर्थात क्याराभान अस्करमा मनोनित भएको थियो ।

यो फिल्मलाई एरिक भ्यालीले निर्देशन गरेका हुन् । उनै भ्याली ‘क्याराभान’को दोस्रो श्रृंखला बनाउने तयारीमा रहेको चर्चा छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?