+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजावादीको चलखेल र षड्यन्त्र परास्त गर्‍यौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १७:४२

२० वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे ।

‘हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरूको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठूलै धक्का दियौँ,’ प्रचण्डले भने, ‘राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्‍यौँ अहिलेलाई ।’

प्रतिगामी शक्तिहरूले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउँदै उनले पार्टीमा आवद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरूलाई शक्ति सञ्चय गर्न आग्रह गरे । यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूलाई संसद, सडक तथा जनताको माँझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको उनको भनाइ थियो ।

‘यथास्थितिवादी र प्रतिगामीहरुले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धीहरुलाई खोस्ने दुस्साहस गर्दैछन्, प्रपञ्च गर्दै छन्,’ उनले भने, ‘त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ । अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बीचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?