
काठमाडौं । कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एक दिवसीय गल्फ प्रतियोगितामा कुल १ सय गल्फरले भाग लिएका थिए ।
प्रतियोगिताका विजेतालाई गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।
कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रिप पनि पुरस्कार स्वरूप पाए ।
त्यस्तै ४१ अंकसहित बेस्ट ग्रस उपाधि टासी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टी लामाले रनरअप उपाधि जितेका छन् ।
त्यसैगरी महिलातर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छिन् भने सिनियरतर्फ ३३ अंकसहित अर्जुनकुमार कार्की विजयी भए ।
त्यस्तै सुस्मिता खड्का महिलातर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ‘क्लोजेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ‘लंगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए ।
त्यसैगरी ‘मोस्ट बर्डिज’ उपाधि ५ बर्डिज र एक इगल सहित फुन्टसोकनोर्बु लामाले जितेका थिए । सबै विजेतालाई ट्रफी र कर्ल्सबर्गका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4