+
+
Shares

भ्वाइस अफ नेपालका विजेतालाई क्लोजअपले दियो १ लाख नगद पुरस्कार

पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले भ्वाइस विजेता प्रोसेस पाण्डेलाई प्रदान गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:५२

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ को ग्रान्ड फिनालेका विजेता प्रोसेस पाण्डेलाई यो सिजनको शीर्ष प्रायोजक क्लोजअपले १ लाख नगद पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले प्रदान गरे ।

क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको जनाएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

‘क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ ।

‘भ्वाइस अफ नेपालजस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभा उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,’ क्लोजअपका प्रतिनिधिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?