
२१ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सवोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारका मुद्दामा विशेषबाट आएका दुईवटा फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेतका प्रतिवादीहरूउपर दायर मुद्दामा विशेषले गरेको फैसलाविरुद्ध पुनरावेदन गरेको हो ।
खानेपानीको ट्यांकी निर्माण कार्यमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता हुनुअगावै सामग्री खरिद गरेको नक्कली बिलविजक जारी भएको, भएको कामभन्दा बढी काम भएको उल्लेख गर्दै नापी किताव र कार्य सम्पादन प्रतिवेदन तयार गरी भुक्तानी दिएको भन्दै अख्तियारले भ्रष्टाचार कसुरमा मुद्दा दाय गरेको थियो ।
भ्रष्टाचारको कसुमा संलग्न प्रतिवादीहरूविरुद्ध अख्तियारले ६ लाख ४८ हजार ७८६ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागेको थियो । तर, विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्च अदालतमा आइतबार फैसला पुनरावेदनको लागि मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया 4