+
+
Shares

उपभोक्ता संरक्षण विभागको अनुगमन तीव्र, तिरायो सवा ६ लाख जरिबाना

अनुगमन क्रममा विभागले ४ वटा उद्योग तथा फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:४०
प्रतीकात्मक तस्वीर

२१ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । आइतबार पनि विभागले ९ वटा उद्योग तथा फर्म अनुगमन गरेको छ ।

अनुगमन क्रममा विभागले ४ वटा उद्योग तथा फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ । ३ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन भनेको छ भने २ उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले आइतबार कीर्तिपुर नगरपालिका–६ को जेजे एक्जिम प्रालि र काठमाडौं महानगरपालिका–१५ को माणिक गंगा इन्टरप्राइजेजलाई समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ भने ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन भनेको छ ।

यी दुवै उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागको टोलीले अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ को युनाइटेड ट्रेडर्सलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त अटो पार्ट्सले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उक्त जरिबाना तिराएको हो ।

उक्त अटो पार्ट्सलाई पनि विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरेको जानकारी दिएको छ ।

यसैगरी विभागले ललितपुर महानगरपालिका–१४ को श्रीषा स्टोरलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । मदिरा एवं सुर्तीजन्य पदार्थ बेचबिखन गर्दै आएको उक्त उद्योगले अनुगमन टोलीलाई अनुगमनमा सहयोग नगरेपछि विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ड) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (ङ) बमोजिम असुल गरिएको जानकारी लिएको छ ।

विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको जनाएको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्ने गरी बजार अनुगमन गरिएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?