+
+
Shares

पहलगाम घटनापछि नेपाल-भारत सीमा क्षेत्रमा उच्च निगरानी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १६:२२
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ । त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सिमाना भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कार्यसमेत कडाइको साथ गरिहरेको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नका लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरूसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यलाई समेत तिव्रता दिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाइका साथ गरिएको उनको भनाइ छ ।

यसैगरी हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनका लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

सोही अनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरूले समेत यसलाई उच्च प्राथमिकतामा राखी सबै जिल्लाहरूमा सूक्ष्म रूपमा खबर संकलन तथा अप्रेशनल कार्यसमेत गरिरहेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानीका लागि झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज र रुपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेर जाँच गर्ने गरेको छ ।

विगतदेखि नै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाक्षेत्रमा २४ सै घण्टा रहने गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित लामो दुरीको पट्रोललाई निरन्तरता दिइएको सशस्त्रको भनाइ छ ।

भारतीय समकक्षीसँगको बाहिनी मुख्यालय, गण, गुल्म र बीओपीस्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरूको अवैध आवतजावतलाई रोक्ने विषय मुख्य एजेन्डाको रूपमा रहेकोले सोही बमोजिम समन्वय गरी निगरानी बढाइएको हो ।

यसका साथै सरोकारवाला अन्य निकायसँगको समन्वय र सहकार्यमा सीमानाकामा कडाइका साथ जाँच गर्ने, निगरानी बढाउने तथा अवैध क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनका लागि प्रधान कार्यालयबाट आवश्यक निर्देशन तथा परिपत्रसमेत गरिएको छ । पहलगाम घटनापछि सशस्त्रले सीमाका थप कडाइ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?