
२२ वैशाख, कास्की। पौडी खेल्ने क्रममा सेती नदीमा बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार नदीमा बेपत्ता हुनेमा बाग्लुङ्गको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिकास्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज वि.क हुन् ।
उनी सेती नदीमा पौडी खेल्ने क्रममा वैशाख २२ गते दिउँसो डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट उनको शव बाहिर निकालेको प्रवक्ता थापाले बताए ।
प्रतिक्रिया 4