+
+
Shares

‘मनमुटाव’को चर्चाबीच खेम सेन्चुरी र शान्तिश्री परियारले ल्याए गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १६:५४

काठमाडौं । सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ?

गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी हुनै मन छैन’मा यी दुईले सहकार्य गरेका हुन् । तर, यो गीतका लागि खेम र शान्तिश्रीको सहकार्यको किस्सा भने रोचक छ ।

बुढाथोकीले डेढमहिनाअघि मात्र शान्तिश्री र खेमको स्वरमा अनामनगरको मालाश्री स्टुडियोमा गीत रेकर्ड गराएका हुन् । तर, त्यसको केही महिनाअघि देखि नै यी दुईबीच सम्बन्ध हार्दिक नरहेको चर्चा मिडियामा आउन थालिसकेको थियो ।

सुरुमा त खेम र शान्तिश्री दुवैले सँगै काम गर्न मानेनन् तर गीत निर्माणमा खर्च भैसकेको स्थितीमा अलग-अलग गीत रेकर्ड गरेर भएपनि तयार पर्ने सहमति भयो ।

इन्सपेक्टर भूपेन्द्र बुढाथोकी (बायाँ) र म्युजिक भिडियोको एक दृश्य ।

जसअनुसार, सुरुमा खेमले गीत रेकर्ड गरे । त्यसको एकसातामा शान्तिश्रीले स्वर रेकर्ड गराइन् । ‘उहाँहरूले सुरुमा मान्नुभएको थिएन । त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो र गाउन मान्नुभयो’ बुढाथोकीले अनलाइनखबरसँग भने ।

शान्तिश्री र खेमले थुप्रै हिट गीतमा सहकार्य गरेका छन् । तर, पछिल्लो वर्षयता यी दुईबीच हार्दिक सम्बन्ध नरहेको सतहमै देखिन्छ । सार्वजनिक प्लाटफर्ममै उनीहरूले एकअर्काप्रति आरोप प्रत्यारोप पनि गरिरहेका छन् । यस्तोमा, भूपेन्द्र बुढाथोकीको नयाँ गीतले यी दुईबीच पुनः चर्चा सुरु गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?