News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘रमाइलो युरोप टूर’ मा निस्किएका छन्।
- उनले २० डिसेम्बरमा पोर्चुगलको लिस्बनबाट सुरु गरी विभिन्न युरोपेली देशमा प्रस्तुति दिने तालिका छ।
- सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोच हुन् र टूर क्रिसमस र नयाँवर्ष २०२६ को छेकोमा आयोजना हुँदैछ।
काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘युरोप टूर’ मा निस्किएका छन् । शुक्रबार बेलुका मोडल ओबी रायमाझीसहित उनी त्यता उडे ।
‘रमाइलो युरोप टूर’ नाम दिइएको उक्त कार्यक्रम २० डिसेम्बरमा पोर्चुगलको लिस्बनदेखि सुरु हुने तालिका छ ।
२१ डिसेम्बरमा फ्रान्स, २२ डिसेम्बरमा नर्वे, २३ डिसेम्बरमा फिनल्याण्ड, २४ डिसेम्बरमा चेक रिपब्लिक, २७ डिसेम्बरमा माल्टा, २८ डिसेम्बरमा ग्रीसको एथेन्स र २९ डिसेम्बरमा बेल्जियममा उनले प्रस्तुति दिने तालिका छ ।
सेन्चुरी टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोच हुन् । उनको युरोप टूर क्रिसमस र अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको हो ।
प्रतिक्रिया 4