+
+
Shares

तीज गीत ‘नत्र भने जिन्दगी’ हिट भएपछि खेम सेन्चुरीले गरे कोरियोग्राफीको प्रशंसा

गीतको कोरियोग्राफरको प्रशंसा गर्दै लेखेका छन्, ‘ साँच्चिकै श्रद्धा लाग्छ गुरुआमाजस्तो प्रतिभाशाली महिला डान्स डाइरेक्टरप्रति, जसले आफ्नै नयाँ शैलीको डान्स स्टेपमार्फत अन्डरएस्टिमेट गर्नेहरूप्रति कडा जवाफ दिनुभयो । आज ती स्टेपहरू देशभर भाइरल छन्, चर्चा छ, सम्मान छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘कोशेढुंगा’को पाश्र्वगीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ युट्युबमा झण्डै ६५ लाख पटक हेरिएको छ।
  • गीतलाई खेम सेन्चुरीले संगीतबद्ध गरेका छन् र समीक्षा अधिकारी तथा दीपा बयम्बु मगरले स्वर दिएका छन्।
  • फिल्म भदौ १२ गते हरितालिका तीजको अवसरमा प्रदर्शन हुने तयारीमा छ र गीतले फिल्मको प्रवर्धनमा मद्दत गरेको छ।

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को पाश्र्वगीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । समाचार लेख्दासम्म खेम सेन्चुरीद्वारा संगीतबद्ध गीतलाई झण्डै ६५ लाख पटक हेरिएको छ ।

खेमसहित समीक्षा अधिकारी र दीपा बयम्बु मगरको स्वर यसमा छ । १ महिनाअघि युट्युबमा आएको यो गीतलाई सोही समयमा यसलाई १२०० भन्दा धेरै कमेन्ट प्राप्त भएको छ भने ६० हजार लाइक छ ।

यो फिल्म महिलाहरूको ठूलो पर्व हरितालिका तीजको छेकोमा भदौ १२ गतेदेखि प्रदर्शन तयारीमा छ । गीतको कथावस्तु र फिल्म प्रदर्शनको समय एउटै परेकाले गीतको हाइप र भ्यूज वृद्धि भएको बुझ्न सकिन्छ ।

हरेक तीजमा नेपाली महिला नयाँ मर्मस्पर्शी र डान्सिङ ट्रयाकको गीतको प्रतीक्षमा रहेको बेला ‘कोशेढुंगा’ले त्यो रिक्तता पुरा गरेको छ । अर्कोतर्फ, विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’लाई अहिलेसम्म ७४ लाख भ्यूज प्राप्त भएको छ ।

यी दुई गीतबीच ९ लाखको मात्र अन्तर छ । लोकदोहोरी सुपरस्टार माझीलाई चुनौति दिने गरि खेम सेन्चुरीले पस्किएको यो गीतको प्रतिस्पर्धा रोचक देखिन्छ । तीज अझै बाँकी रहेकाले ‘कोेशेढुंगा’ फिल्मको उक्त गीतको भ्यूज अझै वृद्धि हुनसक्छ ।

फिल्मका अन्तर्राष्ट्रिय वितरक रमेश ढकालले गीतकै कारण फिल्मको प्रवर्धनलाई मद्दत मिलेको बताए । विदेशमा समेत यो गीतको क्रेज बढिरहेको बताउँदै उनले गीतले फिल्मको कथावस्तुसँग तीजलाई जोड्ने काम गरेको बताए ।

अस्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेका गायक तथा संगीतकार सेन्चुरीले पनि उक्त गीतको प्रचारप्रसार गरिरहेका छन् ।

उनले गीतको कोरियोग्राफरको प्रशंसा गर्दै लेखेका छन्, ‘ साँच्चिकै श्रद्धा लाग्छ गुरुआमाजस्तो प्रतिभाशाली महिला डान्स डाइरेक्टरप्रति, जसले आफ्नै नयाँ शैलीको डान्स स्टेपमार्फत अन्डरएस्टिमेट गर्नेहरूप्रति कडा जवाफ दिनुभयो । आज ती स्टेपहरू देशभर भाइरल छन्, चर्चा छ, सम्मान छ । तपाईंको मेहनत, आत्मबल र सिर्जनशीलताको म मुरी मुरी प्रशंसा गर्दछु ।’

सरोज पौडेल निर्देशित फिल्मको उक्त गीतमा नीति शाह, ऋचा शर्मा र सुरक्षा पन्त लगायतले नृत्य गरेका छन् । गीतको कोरियोग्राफी स्मृति तिमल्सिना र सुमनसागर केसीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?