
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका अञ्जु पन्त र गायक खेम सेन्चुरी लण्डन पुगेर १७ औं नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिनेछन्।
- कन्सर्टमा ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ र ‘एकताको लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदैछ।
- बेलायतको फार्नब्रो रग्बी फुटबल क्लबमा हुने कन्सर्टमा नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त र गायक खेम सेन्चुरी सांगीतिक प्रस्तुतिको लागि लण्डन पुगेका छन् । उनीहरूले त्यहाँ आयोजना हुने १७ औं नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिनेछन् ।
मगर संघ यूकेले शनिबार आयोजना गर्न लागेको कन्सर्टमा उनीहरूले प्रस्तुति दिनेछन् । उनीहरूसँगै ‘भ्वाइस अफ नेपाल’को सिजन ३ का प्रतियोगी विजय मगर पनि लण्डन पुगेका छन् ।
कलाकारहरूलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनले स्वागत गरे । नेपाली कला संस्कृति, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित संस्थाले हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।
कन्सर्टमा ५ हजार जना दर्शक सहभागी हुने अपेक्षा छ । कन्सर्टको नारा ‘एकताको लागि संगीत’ तय गरिएको छ । बेलायतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कन्सर्टमा बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई मोरञ्जनात्मक कार्यक्रम पनि संचालन गरिने भएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
गायक तथा संगीतकार सेन्चुरी शुक्रबारदेखि सुरु हुने ‘भ्वाइस किड्स’को चौंथो सिजनका कोच समेत हुन् । भ्वाइस किड्सको नयाँ सिजनको प्रिमियर विहिबारदेखि हुँदैछ ।
प्रतिक्रिया 4