+
+
Shares

तीज गीत ‘म त ढलेँ ढलेँ’को युट्युब भ्यूज १० करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गतवर्षको तीज गीत 'म त ढलेँ ढलेँ'ले युट्युबमा १० करोड भ्यूज नाघेको छ।
  • गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ।
  • शान्तरानीले २८ वटा कार्यक्रममा सहभागी हुने अवसर पाएको र अर्को सांगीतिक कोसेली ल्याउने घोषणा गरेकी छन्।

काठमाडौं । गतवर्षको तीज गीत ‘म त ढलेँ ढलेँ’ले रिलिजको एक वर्ष बितिसक्दा पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ ।

शनिबार यो गीतको भ्यूज १० करोड नाघेको छ ।

गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ । अस्ट्रेलियाको सांगीतिक टूरमा रहेका संगीतकार सेन्चुरी र गायिका परियारले दर्शकलाई यो उपलब्धिको लागि धन्यवाद दिएका छन् ।

यो एउटा गीतले नै शान्तरानीलाई लोक तथा दोहोरी फाँटमा स्थापित गर्‍यो । यो गीतको कारण आफूले २८ वटा कार्यक्रममा सहभागी हुने अवसर पाएको परियारले उल्लेख गरेकी छन् ।

अब उनले अर्को सांगीतिक कोसेली ल्याउने घोषणा पनि गरेकी छन् । यसैसाता अस्ट्रेलियाका विभिन्न स्थानमा आयोजना भएका तीज कार्यक्रममा पनि शान्तरानीले यही गीतमा प्रस्तुति दिएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?