
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा संगीतकार खेम सेन्चुरी स्वास्थ्यमा सुधार भएपछि केएमसी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन्।
- सेन्चुरीलाई मूत्रनलीमा पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो र डाक्टरले औषधि र खानपिनमा ध्यान दिन सिफारिश गरेका छन्।
- सेन्चुरीले क्यानडामा आयोजना हुने हिमालय मेलामा सहभागी हुन नसक्ने सामाजिक संजालबाट जानकारी दिएका छन्।
काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार देखिएपछि उनी सिनामंगलस्थित केएमसी अस्पतालबाट शुक्रबार बेलुका डिस्चार्ज भएका हुन् ।
उनीसँगै अस्पतालमा रहेका गीतकार नेत्र अर्यालले स्वास्थ्यमा सुधार आएको र नियमित फलोअपमा आउने गरि सेन्चुरी डिस्चार्ज भएको बताए ।
‘डाक्टरले औषधि लेख्दिनुभएको छ । खानपिनमा ध्यान दिन र झोलिलो खानेकुरा खान भन्नुभएको छ’ अर्यालले भने, ‘साथै, नियमित फलोअपमा आउन भन्नुभएको छ ।’
विहिबार सांगीतिक कार्यक्रमको सिलसिलामा क्यानडा उड्न लागेका सेन्चुरी जहाज कुरिरहेको बेला काठमाडौं विमानस्थलभित्रै बिरामी भएका थिए । असहज भएपछि तत्कालै एम्बुलेन्सबाट केएमसी लगिएको थियो ।
अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मूत्रनलीमा पत्थरी देखिएको थियो ।
कामको कुरा गर्दा, सेन्चुरी अहिले प्रसारण भैरहेको भ्वाइस किड्सको चौंथो सिजनका कोच पनि हुन् । यो सिजनको फिनाले शनिबार राती प्रसारण हुँदैछ ।
सेन्चुरी क्यानडामा आयोजना भएको हिमालय मेलामा सांगीतिक प्रस्तुति दिन जाने तयारीमा थिए । शुक्रबार बिहान सामाजिक संजालबाट सेन्चुरीले विज्ञप्ति जारी गर्दै आफू कार्यक्रममा उपस्थित हुन नसक्ने बताएका छन् ।
आफ्नो उपस्थितीमा उक्त कार्यक्रममा ग्लुमी गाईज ब्यान्डका हरि कर्माचार्य र गायिका अञ्जना गुरुङ सहभागी हुने पनि विज्ञप्तिमा सेन्चुरीले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4