
News Summary
Generated by OK AI. Editorially reviewed.- संगीतकार खेम सेन्चुरीको स्वास्थ्य समस्या भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्पताल भर्ना गरिएको छ।
- केएमसी अस्पतालमा परीक्षण गर्दा सेन्चुरीलाई पत्थरी देखिएको छ र उपचार अघि बढाइने छ।
- सेन्चुरी क्यानडामा सांगीतिक प्रस्तुति दिन जाने तयारीमा थिए र अहिले 'भ्वाइस किड्स'का कोच हुन्।
काठमाडौं । क्यानडा उड्न लागेका संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । बोर्डिङ पास लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जहाज कुरिरहेको बेला उनको स्वास्थ्य असहज बनेको थियो ।
विमानस्थलमा प्रारम्भिक स्वास्थ्य जाँच गर्दा अस्पताल लैजान सिफारिस गरिएपछि एम्बुलेन्समा हालेर उनलाई विहिबार बेलुका सिनामंगलको केएमसी अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा पत्थरी (स्टोन) देखिएको सेन्चुरीसँगै अस्पतालमा रहेका गीतकार नेत्र अर्यालले जनाए ।
अहिले सेन्चुरीलाई केएमसीमा भर्ना गरिएको छ । शुक्रबार बिहानसम्म रिपोर्टको नतिजा आएपछि उपचार अघि बढाइने जनाइएको छ । ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले पनि सेन्चुरीलाई स्टोन देखिएको बताए ।
गीतकार अर्यालले अहिले सेन्चुरीको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । सेन्चुरी क्यानडामा सांगीतिक प्रस्तुति दिन त्यता जाने तयारीमा थिए । उनी अहिले प्रसारण भैरहेको ‘भ्वाइस किड्स’का कोच र ब्यस्त संगीतकार पनि हुन् ।
प्रतिक्रिया 4