
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) नेपाल बागमती प्रदेश समितिको सम्मेलन आगामी जेठ ५ र ६ गते हुँदैछ ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भक्तपुरमा सम्मेलन हुने कार्यक्रम तय भएको छ ।
सम्मेलनको तयारी भव्य रुपमा भइरहेको बागमती प्रदेश प्रचारप्रसार विभाग प्रमुख दिपक न्यौपानेले बताए ।
सम्मेलनमा बागमती प्रदेशका १३ बाट जिल्लाका ११९ वटै स्थानीय तहबाट सयौं संख्यामा प्रतिनिधि, परिवेक्षक र स्वयंसेवकको उपस्थिति रहने न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
त्यस्तै, वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन जेठ १७, १८ र १८ गते हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4