
२२ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली भ्याटबिल बनाएको र त्यसका आधारमा आयकर तथा भ्याट छलेको आरोप लगाएको हो ।
उसले ६० करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरेको अनुसन्धान अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
विभागले उनलाई कैद सजायको माग दाबी पनि गरेको छ ।
विभागका अनुसार उक्त कम्पनीले ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा र निर्माणका सामग्री खरिद बिक्री गर्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4