+
+
Shares

रतुवामाइ नगरपालिकाविरुद्ध उच्चले जारी गर्‍यो अन्तरिम आदेश

कोभिड १९ को महामारीको समयमा संकलन भएको तथा खरिद गरिएको राहत सामग्री वितरण नगरी मोरङको रतुवामाई नगरपालिकाले म्याद गुज्रिएपछि खाल्डोमा पुरेको भन्दै परेको रिटमा उच्च अदालतले आदेश जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते २२:११

२२ वैशाख, काठमाडौं । मोरङको रतुवामाइ नगरपालिकाका पदाधिकारीविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।

कोभिडको समयमा संकलन भएको तथा खरिद गरिएको खाद्यान्न, औषधिलगायतका अत्यावश्यक राहत सामग्री मिति गुज्रँदासम्म थन्क्याएर राखी डम्पिङ साइडमा नष्ट गरेको भन्दै नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह, पूर्वनगर प्रमुख रविन राईलगायतविरुद्ध उच्च अदालतमा रिट दायर भएको थियो ।

विभिन्न समयमा संकलन भएको तथा खरिद गरिएको उपभोग अवधि रहँदासम्म भण्डार गरी गत ९ वैशाख २०८१ मा प्लाष्टिकका प्याकेटसहित माटोमा गाडिएको थियो ।

नगरपालिकाले त्यसरी गाडेको सूना पाएपछि स्थानीयले खनेर हेर्दा माटोमुनि ३५० किलो जैविक मल, ४५ किलो नुन, कृषि ज्ञान केन्द्र मोरङबाट प्राप्त तरकारी मिनी किट १०० प्याकेट, १७५ किलो सोना चामल, २५ किलो मुसुरी दाल, २४ वटा सावन, मानव स्वास्थ्यमा प्रयोग हुने औषधि, गड्यौला उत्पादन गर्ने भर्मी कम्पोष्टलगायतका कृषि सामग्रीहरू फेला परेका थिए ।

त्यसपछि अभिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले उच्च अदालत विराटनगरमा १३ वैशाखमा प्रमुख सिंहलगायत सातजनालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?