+
+
Shares
मेट गाला २०२५ :

‘बेबी बम्प’सहित ‘मेट गाला’मा रिहाना, तेस्रो बच्चाको आमा बन्दै (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते ९:५२

काठमाडौं । पपस्टार रिहानाले ‘मेट गाला २०२५’मा सरप्राइज दिएकी छन् । उनले तेस्रो बच्चाको आमा बन्न लागेको जानकारी दिँदा विश्व मनोरञ्जन जगत पुनः तरंगित बन्यो ।

उनी मेट गालाको रेडकार्पेटमा बच्चाका पिता असाप रक्कीसहित प्रस्तुत भइन् । उनको ‘बेबी बम्प’ले सिंगो मेट गालाको ध्यानाकृष्ट गर्‍यो । उनी बेबी बम्पमा स्टाइलिस देखिएकी थिइन् ।

रिहानाको लागि प्रत्येक वर्षको मेटगाला खास हुनेगर्छ । न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टको च्यारिटीको लागि हरेक वर्षको मे ५ मा मेट गाला आयोजना हुन्छ ।

यसवर्ष मोनिका एल मिलरको पुस्तक ‘स्लेभ्स टु फेसन : ब्ल्याक ड्यान्डिज्म एन्ड द स्टाइलिङ अफ ब्ल्याक डायस्पोरिक आइडेन्टिटी’बाट प्रेरित भएर ‘सुपरफाइन : टेलरिङ ब्ल्याक स्टाइल’ को थिम तयार पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?