
२३ वैशाख, काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजारमूल्य बराबरका विभिन्न सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट हिजो (सोमबार) विभिन्न सरसामान चोरी भएको थियो ।
सामान चोरेर फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
प्रहरीका अनुसार उनले रक्सी, चुरोट, काजु, पिस्ता, स्याफ्रान, फिस वेल, आलमण्ड, ग्लेण्डफिडिच लगायतका सामान चोरी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4