
काठमाडौं । केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ घोषणा गरेको छ । कार्निभलमा केईले आफ्ना ईभी उत्पादनहरू ‘ई–क्युट ०२’, ‘ई–क्युट ०४’ र ‘एक्स३ प्रो’ मा आकर्षक अफर पनि समेट्ने जनाएको छ ।
काठमाडौं थापाथली (केई र हुन्डाई शोरुमको विपरीत दिशा) मा आयोजना हुने कार्निभल २६ देखि २८ वैशाखसम्म चल्ने छ ।
नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सका अनुसार कार्निभलमा केईका ईभीमा आकर्षक अफरहरू दिइने छ । कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो गरी केई ईभीका तीन मोडेल विशेष अफरसाथ एक्स्चेन्ज गर्न सकिने छ ।
ग्राहकहरूले कार्निभलमा एक्स्चेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारीसाधन मूल्यांकन उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा दुई जनाका लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्नेछन् ।
यस्तै बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्स्चेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ ।
प्रत्येक बुकिङका साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधनसँग बोस जेट कार वासर र एक्स३ प्रो बुकिङमा बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्निभलमा पारिवारिक मनोरञ्जन, खेलहरू र संगीत प्रस्तुत गरिनेछ, जहाँ सबै उमेरका लागि रमाइलो र उत्सवपूर्ण मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् ।
केई नेपालका अनुसार एक्स३ प्रोको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा ग्राहकले ६ लाखसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4