+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
६० बलमा ५८ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
63/0 (9.6)
Shares

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १६:०६

२४ वैशाख, काठमाडौं । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति छ ।

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ ।

यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?