+
+
Shares

काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १९:३१

२४ वैशाख, काभ्रेपलाञ्चोक । वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ ।

कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए ।

वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयले छलफल गरेर उनीहरूलाई फिर्ता पठाएका हुन् । ११ परिवारका बच्चा सहित ४४ जना रोहिंगालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । ४९ जना शरणार्थीमध्ये ३ जना धुलिखेल अस्पतालमा छन् । एक जना शरणार्थी सुत्केरी रहेकाले उनको परिवार अस्पतालमा छन् । १ जना भने अध्ययनका लागि ललितपुर गएका थिए ।

प्रहरीका अनुसार केही समय पहिले वाल लगाउने कामको लागि बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेको टोलबाट काभ्रे आएका थिए ।

यस अघि रोहिंगा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहीदिनमा नै स्थानीयले अवरोध गरे पछि उनीहरू ठाउँ छाडेर हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?