+
+
Shares

नेपालमा सुरु भयो ‘नोबेल ब्रान्ड’

यो ब्रान्डले युरोप, चीन, भारत, टर्की लगायत विश्वका उत्कृष्ट कारखानाबाट सामग्री संकलन गर्ने गर्छ, जसले भरपर्दो र अत्याधुनिक उत्पादन प्रस्तुत गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १५:०२

काठमाडौं । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा ‘नोबेल ब्रान्ड’ को औपचारिक सुरुवात गरेको छ । जुन पहिलो पटक दक्षिण एसियामा प्रवेश गरेको हो ।

३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास बोकेको नोबेल विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स (एमडीए एन्ड एसडीए), कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स (सीईए) र बिल्ट–इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ, जसमा २ सय ५० भन्दा बढी एसकेयू समावेश छन् ।

यो ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्तालाई सेवा पुर्‍याउँदै गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।

‘परिवारलाई एकसाथ ल्याउने’ भन्ने मूलनारा रहेको नोबेलले सधैं गुणस्तर, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यो ब्रान्डले युरोप, चीन, भारत, टर्की लगायत विश्वका उत्कृष्ट कारखानाबाट सामग्री संकलन गर्ने गर्छ, जसले भरपर्दो र अत्याधुनिक उत्पादन प्रस्तुत गर्दछ ।

‘हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौं, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौं,’ नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिका महाप्रबन्धक सञ्जिता कार्कीले भनिन्, ‘हाम्रा उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ ।’

नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले आफ्ना सम्पूर्ण उत्पादनमा विशेष प्रारम्भिक अफरहरू पनि प्रस्तुत गरेको छ ।

नोबेल इलेक्ट्रोनिक्स विश्वभरि २६ भन्दा बढी देशमा आफ्ना उपभोक्तालाई सेवा पुर्‍याउने अग्रणी होम एप्लायन्सेस प्रदायक हो ।

गुणस्तर, भरपर्दो सेवा र नवप्रवर्तनका लागि चिनिने नोबेलले होम एप्लायन्सेस उद्योगमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?