+
+
Shares

समयमै पुल बन्याे, तर ठेकेदारले भुक्तानी पाएनन्

सम्झौताअनुसार काम नगरी परियोजना अलपत्र पार्ने थुप्रै ठेकेदारले मिलेमतोमा भुक्तानी लिन्छन्, तर कर्णालीका ८ जिल्लामा १० महिनाअघि नै झोलुङ्गे पुल बनाउने ठेकेदारले भुक्तानी पाएनन् ।

नरजन तामाङ नरजन तामाङ
२०८२ वैशाख २८ गते १८:१०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • ठेक्का सम्झौताअनुसार काम नगर्दा पूर्वाधार निर्माणका परियोजनाहरू अलपत्र परेका छन्।
  • कर्णालीका जिल्लामा समयभन्दा पहिले नै निर्माण सम्पन्न भए पनि भुक्तानी नपाएको ठेकेदारहरूले उजुरी गरेका छन्।
  • भुक्तानी नपाएपछि कामदारहरूले ठेकेदारविरुद्ध उजुरी दिएका छन् र भुक्तानीको समस्या समाधानको लागि प्रक्रिया चलिरहेको छ।

२८ वैशाख, हुम्ला । ठेक्का सम्झौताअनुसार ठेकेदारले काम नगर्दा पूर्वाधार निर्माणका कयौं परियोजना अलपत्र छन् । थुप्रै त्यस्ता ठेकेदारले मिलेमतोमा ठेक्काको भुक्तानीसमेत लिएका समाचार सार्वजनिक हुने गरेका छन् ।

कर्णालीका विभिन्न जिल्लामा सम्झौताको अवधिभन्दा पहिले नै निर्माण कार्य सम्पन्न गरेका ठेकेदार भने भुक्तानी नपाएर पीडित बनेका छन् ।

सम्झौता अवधि पूरा हुनुभन्दा ८ महिना अघि नै झोलुङ्गे पुल निर्माण गरेका ठेकेदार त्यसरी पीडित बनेका हुन् ।

कर्णाली प्रदेशका १० जिल्लाको ८ वटा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएका ठेकेदारले सम्झौता अवधि पूरा हुनुभन्दा ८ महिनाअघि नै निर्माण सम्पन्न गरेका थिए ।

१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ०८१ असार महिनामा सम्झौता भएकोमा सबै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । तर, भुक्तानी भने भएको छैन ।

ठेक्का अवधि १८ महिना भए पनि जुम्लामा दुई वटा, दैलेख र अछाम जोड्ने एउटा, दैलेखमा एउटा, मुगु जिल्लाको धैनाकोटमा एउटा, हुम्लामा दुईवटा र कालिकोटमा एउटा झुलुङ्गे पुल १० महिनाभित्रै निर्माण सम्पन्न भएका हुन् ।

६ वटा पुल त गत मंसिरमै सम्पन्न भइसकेका थिए । हुम्ला जिल्लाको दोजाममा रहेको पुल स्थानीय विवादको कारण थप चार महिना लागेपछि १० महिनाभित्र सबै ८ वटै पुल निर्माण भएका हुन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले तिनको भुक्तान दिनु पर्ने हो । तर, भुक्तान नपाएको हिमशिखर हिरा कन्स्ट्रक्सन नयाँ बानेश्वरका प्रतिनिधि कुमार केसीले जानकारी दिए । केसीका अनुसार ती आठवटा झोलुङ्गे पुल भ्याटसहित ११ करोड रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको छ ।

भुक्तानी नपाएपछि निर्माण कार्यमा संलग्न ३० जना कामदारले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भुक्तानी नपाएको भन्दै उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार ८ महिनाअगाडि नै ठेकेदारले काम सकिसकेको छ ।

‘समयमै काम सक्ने ठेकेदारलाई बरु पुरस्कृत हुनुपर्ने हो । तर, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले भुक्तानी नदिएपछि समस्या भएको हो,’ हुम्लाका प्रजिअ पाण्डेयले भने, ‘स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयसँग समन्वय गरेको छु । अब जेठभित्रै भुक्तानी हुन्छ ।’

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका इञ्जिनियर नीराजन अधिकारीले अर्थ मन्त्रालयबाट रकमान्तर ढिला हुँदा भुक्तानी गर्न नसकिएको बताए ।

‘रकमान्तरको लागि अर्थ मन्त्रालयमा पठाएका थियौं । अर्थ मन्त्रालयबाट रकमन्तरण नभएपछि ढिला भएको हो,’ इञ्जिनियर अधिकारीले भने, ‘अर्थ मन्त्रालयबाट रकमान्तरण हुने बित्तिकै असारभित्रै भुक्तानी हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?