
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको शंखमुलमा रहेको अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो।
- प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।
- आगलागीको कारण र क्षतिको विवरण अझै खुल्न बाँकी छ।
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ ।
सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा हेन्डीग्राफ पेपरको गोदाम थियो ।
आगलागीको खबर पाएपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको नेतृत्वमा १३ जना प्रहरी परिचालन भएका थिए । प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4